१४ वर्षमाथिका बालबालिकालाई खोप दिन देउवाको अनुरोध, सरकारलाई गराए सर्तक

काठमाडौं । नेपाली कांग्रेसकास सभापति शेरबहादुर देउवाले नेपालमा कोरोनाभाइरसको तेस्रो लहर आउने सम्भावना रहेको भन्दै बालबालिकाहरूलाई पनि खोप लगाउन अनुरोध गरेका छन् ।

सभापति देउवाले मंगलबार ट्वीट गर्दै १२ वर्षभन्दा माथिका बालबालिकालाई खोप दिन शुरु गर्नुपर्ने बताएका हुन् । उनले अबको तेस्रो लहरको कोरोना बालबालिकाका लागि अत्यन्तै जोखिमपूर्ण रहेको चिकित्सकहरूलाई उदृत गर्दै ट्वीटमा भनेका छन् ।

‘कोरोनाभाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेका छन्’, उनले भनेका छन् ।

‘म सरकारलाई केन्द्र र सात वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरूमा विषेश वार्ड, आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप शुरु गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु’, देउवाले भनेका छन् ।

कोरोनाभाइरसको तेस्रो नयाँ भेरियन्ट नेपालमा मंगलबार पुष्टि भएको छ । यो भेरियन्ट खतरनाक रहेको चिकित्सकहरूले बताउने गरेका छन् ।

Published : Tuesday, 2021 May 18, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया