सांसद खरिद र कीर्ते गरेर पनि रहेन एमालेको सरकार, मुख्यमन्त्रीले दिए राजीनामा
पोखरा । कीर्ते गरेर पनि सरकार बचाउन नसकेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।
प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन मुख्यमन्त्री गुरुङले राजीनामा दिएका हुन् ।
उनको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गरेको एमाले प्रमुख सचेतक मायानाथ अधिकारीले जानकारी दिएका छन् ।
‘गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वैशाख २६ गते संविधानको धारा १६९ को उपधारा (१) (क) बमोजिम प्रदेश प्रमुख सीताकुमारी पौडेल समक्ष मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हालसम्म उहाँको नेतृत्वमा रहेको मन्त्रिपरिषदले गरेका कामका लागि धन्यावाद दिँदै अर्को मन्त्रिपरिषद गठन नभएसम्म नेपालको संविधानको धारा १६९ को उपधारा )३) बमोजिम मौजुदा मन्त्रिरिषदले कार्य सञ्चालन गर्ने र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम ३ दिनभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको व्यहोरा सम्बन्धित सबैको जानकारी लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ’, प्रदेश प्रमुखका प्रवक्ता चण्डीप्रसाद अर्यालले भनेका छन् ।
गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासका प्रस्ताव छ । जनमोर्चाका सांसद अपहरण गरेपछि अविश्वासको प्रस्ताव अगाडि बढ्न सकेको थिएन ।
राष्ट्रिय जनमोर्चाले आफ्ना प्रदेश सांसद खिमविक्रम शाहीलाई एमालेको सरकारले अपहरण गरेर भेट्न नदिएको आरोप लगाएको थियो । क
ोरोना नेगेटिभ भएका भएका शाहीलाई तत्काल कोरोना भएको भन्दै एमालेका सांसद राजीव पहरीको अस्पतालमा भर्ना गरेर जनमोर्चाका नेताहरूलाई भेट्न दिइएको थिए ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया