ओलीको जहाजमा प्लाव परेपछि यी ‘मुसा’ भागे
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी (जसपा)का नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोले भेटवार्ता गरेका छन् ।
सभापति देउवाको बुढानिलण्ठस्थित निवासमा तीन नेताहरूबीच आइतबार भेटवार्ता भएको हो । भेटमा वैशाख २७ गतेको विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी ओलीको तयारी र नयाँ सरकारका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
ठाकुर र महतो प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने पक्षमा अडान राख्दै आएका छन् । उनीहरूको दल जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीको विपक्षमा छन् ।
एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले समूहिक राजीनामा दिएर प्रधानमन्त्री ओलीलाई असहयोग गर्ने तयारी गरेका बेला ठाकुर र महतोले देउवासँग भेट गरेका छन् ।
देउवासँगको भेटमा के–के विषयमा कुराकानी भएको हो औपचारिक रुपमा केही भनिएको छैन । प्रधानमन्त्री ओली चारैतिरबाट दवावमा परिरहेका बेला देउवासँग ठाकुर–महतोबीच भएको भेटवार्ताले नयाँ तरंग ल्याइदिएको छ ।
‘जब पानीजहाजमा प्वाल पर्छ र डुब्ने स्थिति आउँछ, मुसाहरू पानीजहाजबाट हाम्फाल्छन्’, बिक्रम संवत २०५४ का तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भनेका थिए, ‘अर्को जहाज चढ्न खोज्छन् । नेपाली राजनीतिमा पनि यस्तै मुसा प्रवृत्ति हावी छ ।’
तत्कालीन प्रधानमन्त्री चन्दको सरकार अल्पमतमा परेर ढल्ने अवस्थामा पुगेपछि चन्दले सो अभिव्यक्ति दिएका थिए ।
प्रधानमन्त्री ओली पावरफुल हुँदासम्म जसपाका नेताद्वय ठाकुर र महतो ओलीतिरै थिए । ओली कमजोर हुन थालेपछि साथ छाडेर ठाकुर र महतो कांग्रेसतिर झुकाब राख्न थालेका छन् । बाक्लो भेटहरू गर्न थालेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया