देउवाले देखाइदिए ओलीलाई ‘तोरीको फूल’, कांग्रेसको शासन बढ्यो
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री खड्गप्रसाद ओलीले आह्वान गरेको संवैधानिक परिषदको बैठकमा नजाने भनेका छन् ।
देउवाले शनिबार विज्ञप्ति जारी गरेर असंवैधानिकत रुपमा ओलीद्वारा आह्वान गरिएको परिषदको बैठकमा सहभागी नहुने जनाएका हुन् । ओलीले वैशाख २६ गते आइतबार परिषदको बैठक बोलाएका छन् ।
‘संवैधानिक निकायको नियुक्तिका लागि नेपालको संविधानले संवैधानिक परिषद्को विशेष व्यवस्था गरेको छ’, देउवाले भने ।
‘वर्तमान सरकारले संवैधानिक परिषदको मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरि पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको छ’, देउवले भने, ‘नेपाली कांग्रेसले प्रारम्भ देखिनै उक्त कार्यको विरोध गर्दै आएको छ ।’
‘यो अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेकोछ’, उनले भने, ‘यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको छ ।’
‘कानून निर्माण र संशोधन गर्ने संसदको आधारभुत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशका मार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएका छन्’, देउवाले विज्ञप्तिमा भनेका छन् ।
‘सरकारले वदनियतपूर्वक षडयन्त्रमूलक ढङ्गले अध्यादेश जारी गरेको कांग्रेसको ठहर छ’, उनले भने, ‘अध्यादेश संवैधानिक परिषद्को कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित छ ।’
उनले भने, ‘नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ ।’
देउवाले भने, ‘संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुँदा उक्त बैठकमा भाग नलिन परिषदका अन्य सबै सदस्यहरूलाई समेत आव्हान गर्दछु ।’
‘लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारवाहीको समेत अनुगमन अनुसन्धान गर्ने भएको हुँदा यी निकाय अनिवार्य रूपले स्वतन्त्र र निष्पक्ष हुनुपर्ने हुन्छ’, कांग्रेस सभापति देउवाले भने ।
देउवाको संवैधानिक परिषद बैठक बहिस्कार गर्ने कदमले ओलीलाई तनाब भएको छ । देउवाको निर्णयले कांग्रेसको इज्जत बढेको भनेर प्रशंसा भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया