विश्वासको मत लिन नसके ओलीले उठाउनेछन् यस्तो कदम, भण्डारीले साथ दिने

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारीमा छन् । ओलीलाई विश्वासको मत असफल पार्न विपक्षी दलहरू लागेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसाप)सहितका दलहरूले ओलीलाई विश्वासको मत नदिने जनाएका छन् ।

ओलीलाई आफ्नै पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि असहयोग गर्ने ठूलो आशंका छ ।

नेपाल समूहले सार्वजनिक रुपमा केही भनेको छैन । नेपाल समूहले वैशाख २६ गतेसम्म सामूहिक राजीनामा वा वैशाख २७ गते विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरेर जाने सम्भावना निकै रहेको चर्चा छ । नेपाल समूहले ओलीविरुद्ध कदम उठायो भने सरकार ढल्ने पक्का छ ।

ओलीले जसपाको महन्थ ठाकुर समूहले साथ दिन्छ कि भन्ने ठूलो आशा छ । जसपाभित्र पनि ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ । उपेन्द्र यादवसहितका बहुमत नेताहरू ओलीको विपक्षमा छन् ।

महन्थ ठाकुर मात्रै ओलीको पक्षमा छन् । शुरुमा ओलीको पक्षमा देखिएका राजेन्द्र महतो पनि उपेन्द्र यादवको पक्षमा देखिएका छन् ।

ओलीले वैशाख २७ गते विश्वासको मत पाउन सकेनन् भने ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्न शक्तिको दुरुपयोग गर्ने सम्भाना निकै छ ।

कानून व्यवसायी एवम् अधिवक्ता शिव अर्यालले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयन हुँदा, संविधानको धारा ७६ को उपधारा २ को खण्ड १ हुँदै हाल उपधारा २ बमोजिमको सरकारले आगामी २७ गते विश्वासको मत लिँदै छ ।

यदि उपधारा २ बमोजिम विश्वासको मत प्राप्त नभए धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसिययले राष्ट्रपतिबाट केपी ओलीनै प्रधानमन्त्री नियुक्ति हुनु हुनेछ ।’

‘त्यसपछि प्रधानमन्त्रीले उपधारा ५ बमोजिम गर्नु हुनेछ’, अधिवक्ता अर्यालले भने, ‘उपधारा ५ बमोजिम प्रधानमन्त्री केपी ओलीले नै दावी प्रस्तुत गर्नु हुनेछ ।’

‘उपधारा ६ को प्रयोग हुँदै उपधारा ७ बमोजिम प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा आम चुनाव घोषणा हुनेछ ।’

ओलीलाई विश्वासको मत प्राप्त भएन भने वैशाख २७ गतेनै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेर सपथ गराउने सम्भावना निकै छ ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री बन्न रचिएको घटना ओलीले वैशाख २७ गते केन्द्रमा पनि गर्ने सम्भावना निकै रहेको चर्चा छ । ओली जसरी पनि सत्तामा टिक्न चाहेका छन् ।

प्रधानमन्त्री ओली चुनावमा जान चाहेका छन् । ओली सबैभन्दा धेरै एक्लिएका छन् । विपक्षी दलहरूले ओलीलाई साथ दिएका छैनन् । आफ्नै पार्टी एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले पनि ओलीलाई साथ दिएको छैन ।

यस्तो अवस्थामा ओलीलाई सबैभन्दा धेरै तनाब छ । यसरी एक्लिदा पनि ओलीले सत्तालाई सबै ठानेर बसेका छन् । सबैले राजीनामा माग्दा पनि ओली प्रधानमन्त्री पदको कुर्सीमा चप्टिएर बसेका छन् । सत्ताका लागि ओली मरिहत्ते गर्ने नेताको रुपमा पहिचान बनाएको आरोप छ ।

Published : Saturday, 2021 May 8, 12:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया