कांग्रेस संसदीय दलको बैठक बस्दै, ओलीको यस्तो छ कुटिल चाल

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र प्रधानमन्त्री खड्गप्रसाद ओलीले विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ ।

कांग्रेस संसदीय दलको बैठक शनिबार दिउँसो दुई बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा वैशाख २७ गतेको संसदको बैठकका बारेमा छलफल केन्द्रित हुने प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए ।

कांग्रेसले विश्वासको मत नदिने जनाइसकेको छ । ओलीले विश्वासको मत पाउन नसके उठाउने अवैधानिक गतिविधि र कदमहरूका बारेमा पनि कांग्रेसले छलफल गर्नेछ ।

ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयास गर्नेछन् । विश्वासको मत लिन सकेनन् भने उनले राजीनामा दिएर राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत सोही दिनै ठूलो दलको नेताको रुपमा प्रधानमन्त्रीमा मनोनीत हुने योजना बनाएको चर्चा कांग्रेसभित्र छ ।

Published : Saturday, 2021 May 8, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया