सुनसान बन्यो ओली सरकार, बालुवाटारमा एक्लियो एमाले

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएको छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङले बुधबार समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएका छन् । गुरुङले समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयका सचिव गोपालनाथ योगीलाई बुझाएका हुन् ।

माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा हस्ताक्षर गरिएको पत्र संसद सचिवालयमा बुझाएसँगै ओली सरकार अल्पमतमा परेको छ ।

ओलीले वैशाख २७ गते विश्वासको मत लिने जनाएका छन् । ओलीले विश्वासको मत लिने भनेर भित्रभित्रै तयारीहरू गरिरहेका छन् ।

माओवादी केन्द्रले मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

Published : Wednesday, 2021 May 5, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया