कांग्रेसको निर्णयले ओली निरास, बालुवाटारमा कालो बादल मण्डरायो
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध मतदान गर्ने निर्णय गरेको छ । कांग्रेसले ओलीको पक्षमा विश्वासको मत पुग्न नदिने सबै तयारीहरू गर्ने निर्णय पनि गरेको छ ।
बुढानिलकण्ठमा मंगलबार बसेको पदाधिकारीहरूको बैठकले वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको सह–महामन्त्री सुनिलबहादुर थापाले जानकारी दिए । ओलीले वैशाख २७ गते विश्वासको मत लिँदै छन् । वैशाख २७ गते ओलीले विश्वासको मत पाउने वा नपाउने त्यसपछि कांग्रेसले अर्को बोल्ड निर्णय गर्नेछ ।
ओलीले विश्वासको मत पाएनन् भने कांग्रेसले आफै सरकार बनाउन पहल गर्नेछ । विश्वासको मत पाए भने ओलीको सरकारले निरन्तरता पाउनेछ ।
‘वैशाख २७ गते प्रधानमन्त्री केपी ओलीज्यूले विश्वासको मत लिन लाग्नु भएको सन्दर्भमा छलफल गर्न सभापति शेरबहादुर देउवाज्यूले पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाउनुभएको हो’, उनले भने, ‘कांग्रेस प्रमुख विपक्षी दल भएको कारणले प्रधानमन्त्री ओलीजीलाई कांग्रेसले विश्वासको मत दिँदैन । विश्वाको मत नदिने निर्णय भएको छ ।’
वैशाख २७ गते सदनबाट आउने परिणामपछि कांग्रेसले के कदम उठाउने निर्णय हुने सह–महामन्त्री थापाले बताए ।
बैठकमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका पदाधिकारी र पूर्वपदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
ओलीले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर समूहलाई साथमा लिएर विश्वासको मत लिने पक्षमा छन् । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले ओलीलाई साथ दिने पक्षमा छैनन् ।
कांग्रेसको पदाधिकारी बैठकले बालुवाटारमा कालो बादल मण्डराएको छ । ओलीलाई ठूलो तनाब भएको छ । ओलीको प्रधानमन्त्री पद फुत्किने सम्भावना निकै बढेर गएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया