शंकर पोखरेलको खुसी आधा घण्टा पनि टिकेन, यी सांसदहरूले देखाइदिए एमालेलाई तोरीको फूल
बुटवल । लुम्बिनी प्रदेशमा एमाले संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त भएपछि एमालेका एकजना सांसदले राजीनामा दिएर झट्का दिएका छन् ।
कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेयले राजीनामा दिएका हुन् ।
कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले आफूहरूको हस्तक्षर दुरुपयोग भएको आरोप लगाएका छन् ।
मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पोखरेलले शपथको तयारी गरिरहेका बेला आफ्नै पार्टीका तीन जना सांसद धोका दिएपछि पोखरेलले तोरिको फूल देखेका छन् ।
आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले पत्रकारहरूलाई बताएका छन् ।
मुख्यमन्त्री पोखरेलले प्रदेश सभामा सदस्य संख्या घटेर ८१ पुगेपछि एमाले एक्लैसँग ४१ सांसद रहेको भन्दै एक दलको बहुमतको सरकार बनाउने भन्दै राजीनामा दिएका थिए ।
पोखरेलको राजीनामापछि एमालेकी सांसद विमला ओली खत्रीले माओवादी केन्द्र रोजेकी थिइन् ।
ओलीले माओवादी रोजेपछि पोखरेलले भनेजस्तो उनको पक्षमा बहुमत पुगेको थिएन ।
बहुमत नहुँदा पनि प्रदेश प्रमुख धर्मनाथप्रसाद साहले बल मिच्याइँ गरेर संविधानको धारा १६८ (१) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया