डा.महतद्वारा महामारीमा भ्रष्टाचार गर्ने कम्युनिस्टको भण्डाफोर, पीसीआरमा सिण्डिकेट गरेर लुटपाट
काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् कोभिड–१९ अनुगमन समितिका संयोजक डा.प्रकाशशरण महतले कोरोना महामारीका बेला पनि सरकारमा बसेकाहरू भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्कमा आइतबार पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.महतले सरकारमा बस्नेहरू कोरोना महामारीका बेला भ्रष्टाचारमा लागेको बताए ।
विदेश जानेहरूको पीसीआर परीक्षणको जिम्मेवारी पाँच वटा मात्रै अस्पताललाई दिएर भ्रष्टाचार गरेको डा.महतले बताए ।
‘विदेश जानको पीसीआर परीक्षण सीमित अस्पताललाई दिएको छ । योभन्दा ठूलो भ्रष्टाचार के हुन्छ ? विदेश जानेहरूको पीसीआर परीक्षणमा सिण्डिकेट लागू गरेको छ’, डा.महतले भनेका छन् ।
कोरोना परीक्षण गर्ने अस्पताल र ल्याबसहित गरेर ३६ वटा संस्था छन् । कम्युनिस्ट सरकारले पाँच वटालाई मात्रै पीसीआर परीक्षणको अनुमति दिएको छ ।
सह–महमन्त्री डा.महलते महामारीका बेला भ्रष्टाचार गरेर जनताको जीवनसँग खेलवाड गरिरहेको बताए । ‘कोरोना महामारीका बेला भ्रष्टाचार सोँच्न पनि सकिँदैन । सरकारमा बसेकाहरूले महामारीमा पनि भ्रष्टाचार गरिरहेका छन्’, उनले भने, ‘पाँच वटा मात्रै अस्पतालालाई पीसीआर परीक्षण गर्न दिनु योभन्दा कर्तव्यच्युत के हुन सक्छ ?’, प्रश्न गर्दै उनले भने, ‘सरकारले कांग्रेसले खबरदारी गरे पनि सुन्दैन । हामी सत्तामा छैनौँ ।’
‘कांग्रेससँग राज्यको साधन स्रोत छैन । हामी सत्तामा छैनौँ । तर, जनतालाई कसरी सहयोग गर्न सक्छौँ गर्नेछौँ’, सह–महामन्त्री डा.महतले भने, ‘कोरोना महामारीका विरुद्ध सचेतना अभियान चलाउँछौँ । जनचेतना फैलाउँछौँ । निषेधाज्ञामा परेकाहरूलाई सहयोग गर्नेछौँ । साधन र स्रोतले भ्याएसम्म सहयोग गर्नेछौँ ।’
सरकारले अस्पतालमा बेड खाली छैन भनेर जनतालाई तर्साएको भन्दै उनले ओली सरकारको आलोचना गरेका छन् ।
‘सरकारले बेड खाली छैन भनेर मिल्छ ? सरकार भनेको अभिभावक हो । जस्तो अफ्ठ्यारो अवस्थामा पनि ढाडस दिनुपर्छ’, उनले भने, ‘सरकारले हामी उपचार गर्छौं । रोकथामका सबै उपाय गर्छौं भन्नु पर्ने थियो ।
बेड खाली छैन भन्ने ? जनतालाई मरेपनि मर भनेका छन् । बेड बडाउनुपर्ने, आइसीयु बनाउनुपर्ने थियो । ओलीजी सुतेर बस्नुभयो ।’
सरकार टिकाउन ओली र मुख्यमन्त्रीहरू सांसद खरिद विक्रीमा लागेको सह–महामन्त्री डा.महतले बताएका छन् । ‘सांसद खरिद विक्री गरेर कसरी प्रदेश सरकार बचाउन सकिन्छ । आफ्नो सरकार कसरी बचाउने भन्ने ध्यान मात्रै छ’, उनले भने, ‘सरकारमा बस्नेलाई के लागेको छ भनेको आफ्ना लागि मात्रै हो । जनताको लागि होइन भन्ने लागेको छ ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया