कांग्रेसले दियो यादवलाई ठूलो जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन समितिको संयोजकमा महादेवप्रसाद यादवलाई नियुक्त गरेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजकको पदमा पूर्व सांसद, पूर्व महान्यायधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघिका संयोजक राधेश्यम अधिकारीले राजीनामा दिएका थिए । त्यसपछि देउवाले यादवलाई सो जिम्मेवारी दिएका छन् ।
Published : Thursday, 2021 April 22, 12:05 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया