देउवाले गरे ओलीको भण्डाफोर, भारतको टाङमुनि छिरिसकेको खुलासा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री खड्गप्रसाद ओली भारतको शरणमा परेको आरोप लगाएका छन् ।
सभापति देउवाले सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा ओली भारतको त्वंशरणम् भएको आरोप लगाएका हुन् ।
‘हिजो सबभन्दा राष्ट्रवादी भन्ने ओली अहिले इन्डियाको त्वंशरणम् भएका छन्’, उनले भने, ‘भारतविरोधी नाराबाट झुल्केका ओली, अहिले भारतको टाङमुनि छिरिसकेका छन् । कहाँ छ राष्ट्रवाद ?’
देउवाले कम्युनिष्टहरु राष्ट्रवादी नभएर अवसरवादी रहेको पनि टिप्पणी गरे । ‘यिनीहरु राष्ट्रवादी होइनन्, यिनीहरु खाली अपर्चुनिस्ट हुन्’ उनले भने ।
अहिले पनि परिस्थिति आफ्नो नेतृत्वमा सरकार बन्ने खालको नभएको भन्दै देउवाले आफूले परिस्थिति हेरिरहेको बताए ।
‘हेर्दै जाऔं परिस्थिति मैले धेरै आशा राखेको पनि छैन, सम्भावना पनि छ । राजनीति भनेको सम्भावनाको खेल पनि भन्छन्’ देउवाले भनेका छन् ।
नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार बन्न नसक्ने पनि देउवाले बताए ।
‘प्रचण्डले फिर्ता लिएको छैन, फिर्ता नलिएसम्म बहुमतको सरकार छ, बहुमतको सरकार हुँदासम्म के गर्ने ?’ उनले प्रश्न गरे ‘प्रचण्डले फिर्ता लिए पनि मधेशी पार्टीले उसलाई समर्थन गर्न खोजिरहेका छन् । के के भइरहेको छ ?’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया