कांग्रेसको बहुमत आउने गरेर संगठन निर्माणमा जुट्न श्रेष्ठको निर्देशन, सातै प्रदेशमा विभागले काम गर्ने
काठमाडौं । नेपाली कांग्रेसको संगठन विभागले सात वटै प्रदेशमा संगठन विस्तार गर्ने निर्णय गरेको छ ।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको विभागको बैठकले कांग्रेसलाई बलियो बनाउन संगठन निर्माण गर्ने निर्णय गरेको विभागका केन्द्रीय सदस्य जन्मजय तिमिल्सिनाले जानकारी दिए । उनले कांग्रेसको संगठनलाई सात वटै प्रदेशमा बलियो बनाउने बताए ।
बैठकमा कांग्रेसका पूर्व कार्यबाहक सभापति एवम् विभागका प्रमुख गोपालमान श्रेष्ठले कांग्रेस बलियो भयो भने मात्रै नेता बलियो हुनेभन्दै संगठन निर्माणमा जोड दिएका छन् ।
श्रेष्ठको भनाइ उदृत गर्दै तिमिल्सिनाले भने, ‘विभागका प्रमुख गोपालमान श्रेष्ठज्यूले आगामी निर्वाचनमा कांग्रेसको बहुमत ल्याउने गरेर संगठनका गतिविधि गर्न निर्देशन दिनुभएको छ । उहाँको निर्देशानुसार हामीले काम गर्छौं ।’
श्रेष्ठले कम्युनिस्टहरूबाट देश चल्न नसक्ने भएका कारण जनताले बिकल्पमा कांग्रेसलाई खोज्न थालिसकेको समेत बताएका छन् । अहिलेको अवस्थामा कांग्रेसले आफूलाई बलियो बनाउनेतिर लाग्नुपर्ने श्रेष्ठले बताएका छन् ।
विभागका प्रमुख श्रेष्ठले कांग्रेसलाई बलियो बनाउन हुने कुनै पनि गतिविधि र क्रियाकलापलाई आफूले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले व्यक्तिभन्दा पनि कांग्रेस बलियो बनाउन निर्देशन दिएका छन् ।
संगठन विभागले सात वटै प्रदेशमा आफ्ना गतिविधिहरूलाई सक्रिय बनाउनेछ ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया