ओलीको हर्कत अति हुन थालेपछि हटाउने खेल, देउवा–दाहाल–भट्टराईको भेट
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसदलाई विजनेश नदिएर पंगु बनाउन खोजेको आरोप लागेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।
मंगलबार देउवा र दाहालबीच बुढानिलकण्ठमा भेटवार्ता भएको हो । भेटमा संसदको बैठक, ओली सरकारको गतिविधि र अविश्वासको प्रस्ताव लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
ओली सरकारलाई माओवादी केन्द्रले समर्थन दिइरहेको छ । माओवादीले ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ ।
सोही विषयमा दाहालले देउवासँग परामर्श गरेका हुन् । अविश्वासको प्रस्ताव फेल भयो भने ओलीविरुद्ध दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउन पाइनेछैन । ओलीलाई जरैदेखि समाप्त पार्ने गरेर हटाउने तयारी नेताहरूले गर्दै आएका छन् ।
तर, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री ओलीसँग मिलेर सत्ता समीकरण गर्न खुट्टा उचालेर बसेका छन् । ओलीलाई सरकार टिकाउन १८ सिट मात्रै भए पनि पुग्छ ।
कांग्रेस र माओवादीलाई सरकार बनाउन जसपाको समर्थन अनिर्वाय चाहिन्छ । जसपाको ठाकुर समूहले ओलीतिर झुकाव राखेपछि देउवा र दाहालले ओली सरकारविरुद्ध कठोर कदम उठाउन सकेका छैनन् ।
ओलीले आफ्नो सरकार टिकाउन जसपाका जेलमा रहेका रेशमलाल चौधरीलाई छुटाउनेदेखि विवाह गरेर आउने भारतीय महिलालाई तत्काल नागरिक, अंगिकृत नागरिकका छोराछोरीलाई वंशजको नागरिकता लगायतका माग पूरा गर्ने पक्षमा रहेको चर्चा हुन थालेको छ ।
देउवासँगको भेटपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले जसपाका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराईलाई पनि भेटेका छन् । दाहाल र भट्टराईका बीच टोखामा भेटवार्ता भएको थियो ।
कांग्रेस–माओवादी केन्द्र र जसपाको सरकार बनाउने पक्षमा दाहाल छन् ।
जसपा फुटको संघारमा रहेको चर्चा पनि छ । कांग्रेस–माओवादी गठबन्धनतिर जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराईको समूह जान खोज्यो भने ठाकुर नेतृत्वको समूह फुटेर भए पनि ओलीतिर जाने पक्षमा रहेको चर्चा हुन थालेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया