तनाबमा ओली, बालुवाटारमा खैलाबैला, छिन्नभिन्न भयो एमाले
काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले नेताद्वय माधव नेपाल र भीम रावललाई कारबाही गरेपछि एमालेको समानान्तर कमिटी गठन हुने भएको छ ।
प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष ओलीले नेपाल–रावललाई छ महिनाका लागि निलम्बन गरेपछि नेपाल–रावल समूहले समानान्तर कमिटी गठनको गृहकार्य शुरु गरेको स्रोतले जनाएको छ । नेपाल–रावल समूहले ओलीको अधिनायकवादी र निरंकुश शैलीको ठाडै रुपमा जवाफ दिने तयारी गरेको छ ।
ओलीले नेपाल र रावलसहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । अदालतको फैसला अनुसार पार्टी २०७५ जेठ २ को अवस्थामा पुगेको नेपाल समूहको भनाइ छ ।
नेपाल समूहले ओलीले बनाएको केन्द्रीय कमिटीको विघटन र आयोजक कमिटी गठन अवैधानिक भन्दै आएको छ ।
नेपाल समूहले वडा तहसम्मै कमिटी बनाउने जनाएको छ । विगतका केन्द्रीय कमिटी, जिल्ला कमिटीदेखि तल्ला तहका सबै कमिटीहरू पुनर्स्थापना हुने जनाइएको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई निलम्बन गर्ने अधिकार अध्यक्ष ओलीलाई नभएको स्पष्ट पारेका छन् ।
ओलीले नेपाल र एमाले उपाध्यक्ष रावललाई साधरणसदस्यसमेत नरहने गरी निलम्बन गरेको जानकारी दिँदै ओलीले पत्र पठाएका छन् ।
नेता नेपालले ओलीले हटाएकोबारे कुनै जानकारी नआएको बताएका छन् ।
नेता नेपालले केन्द्रीय कमिटीनै विघटन गरेका व्यक्तिले कारबाही गरेँ भनेर हल्ला फैलाउनु कुनै अर्थ नरहने बताएका छन् ।
ओली अहिले एमालेको निर्वाचित अध्यक्ष नै नरहेको दाबी नेता नेपालले गरेका छन् । ओली एमालेको एउटा गुटको अध्यक्ष मात्र भएको नेता नेपालले बताएका छन् ।
उता, एमालेका उपाध्यक्ष रावलले आफूमाथि भएको कारबाही अस्वीकार्य भएको बताएका छन् ।
आफू र माधवकुमार नेपाललाई ६ महिना पार्टी सदस्यबाट निलम्बन गर्ने अध्यक्ष केपी ओलीको निर्णयबारे प्रतिक्रिया दिँदै रावलले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको महाधिवेशन आयोजक समितिको अध्यक्ष स्वयं अवैधानिक भएको दाबी गरेका छन् ।
पहिलो चरणमा संविधान र नेकपको एकतामा प्रहार गरेका ओलीले दोस्रो चरणमा एमालेको नवौं महाधिवेशनबाट पारित सिद्धान्त, नीति र विधानको खिल्ली उडाएको र गुटको भेलाबाट स्वेच्छाचारी निर्णय गरेको उनले बताएका छन् ।
माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे चार नेतालाई स्पष्टीकरण पत्र पठाएका ओलीले सोमबार वरिष्ठ नेता नेपाल र आफूलाई निलम्बन गरेको उनले बताए ।
उनले भनेका छन्, ‘यो पार्टी विधान र नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र स्वेच्छाचारी कु–कृत्यु हो । देशभक्तिपूर्ण आवाजबाट त्रसित वाह्य शक्तिप्रति तावेदारी हो ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया