यी ३५ सांसदको पद ओलीले खाइदिने, घनश्याम–योगेश–रामकुमारीहरूको घाँटी सुक्यो
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष खड्गप्रसाद ओलीले आफ्ना विरोध ३५ सांसदको पद खाइदिने योजना बनाएको रहस्य बाहिर आएको छ ।
ओली निकटा अनलाइन र पत्रपत्रिकाले विरोधी नेता र सांसदलाई कारबाही गरेर एमालेबाटै निस्काषनको तयारी गरेको एक नेताले बताएका छन् ।
वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल निकटका सांसदहरूको पद खाइदिने योजना ओलीले बनाएका हुन् ।
एमालेको केन्द्रीय कमिटीबाट ओलीले निर्णय गराएर शक्तिशाली बनेको १२ घण्टाभित्र पार्टीभित्र उथलपुथल भएको छ ।
पार्टीभित्र अनुशासन कायम गर्नभन्दै ओलीले समानुपातिकको सूची हेरफेरको अधिकार शनिबार आफैले राखेका छन् ।
नेपाल निकटका सांसद कृष्णभक्त पोखरेल, गोपाल बम र माया ज्ञवालीले ओली गुटतिर लागेपछि उनीहरूको सांसद पद सुरक्षित भएको चर्चा छ ।
नेपाल समूहमा प्रतिनिधिसभाका १२ जना समानुपातिक र २३ जना प्रत्यक्ष निर्वाचित सांसदहरू छन् ।
ओलीको निर्देशनमा एमालेको केन्द्रीय कमिटीले वरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरिसकेको छ ।
आदिवासी जनजाति महिलाबाट निर्वाचित १० जना समानुपातिक सांसदमध्ये नेपाल समूहमा रामकुमारी झाँक्री र विनादेवी बुढोथोकी मगर नेपाल समूहमा छन् । उनीहरूको पद पनि जोखिममा छ ।
नेपालतिर लागेकै कारण ओलीले समानुपातिक सांसदहरू रामकुमारी झाँक्री (गुल्मी), विनादेवी बुढाथोकी मगर (कञ्चनपुर), मुकुन्द न्यौपाने (काठमाडौं), कल्याणीकुमारी खड्का (रौतहट), लक्ष्मीकुमारी चौधरी (कैलाली), गंगा चौधरी सत्गौवा (दाङ), निरादेवी जैरु (डडेलधुरा), पार्वतीकुमारी विशुङ्खे (दैलेख), पुष्पाकुमारी कर्ण यादव (पर्सा), सरलाकुमारी यादव (रौतहट), कालिला खान (तनहुँ), समिना हुसेन (रौतहट) रहेका छन् ।
प्रत्यक्ष निर्वाचित सांसद झलनाथ खनाल (इलाम), माधवकुमार नेपाल (काठमाडौं– २), योगेश भट्टराई, (ताप्लेजुङ), जयकुमार राई (सुनसरी– १), भवानी खापुङ (तेह्रथुम), यज्ञराज सुनुवार (ओखलढुंगा), गणेश पहाडी (सिन्धुली– १), पवित्रा निरौला खरेल (झापा– २), जीवनराम श्रेष्ठ (काठमाडौं– ८), नारायण खतिवडा (नुवाकोट– १), विरोध खतिवडा (मकवानपुर– २), सुरेन्द्र पाण्डे (चितवन– १) रहेका छन् ।
घनश्याम भुसाल (रुपन्देही– ३), गोकर्ण विष्ट (गुल्मी– १), मेटमणि चौधरी (दाङ– १), हीराचन्द्र केसी (दाङ– ३), ध्रुव शाही (सुर्खेत– १), राजबहादुर बुढा (दैलेख– २), झपट रावल (कैलाली– २), भीमबहादुर रावल (अछाम–१), कृष्णलाल महर्जन (ललितपुर–२), सोमप्रसाद पाण्डे (पाल्पा– २) र दीपकप्रकाश भट्ट (कञ्चनपुर–३) को सांसद पद ओलीले खाइदिने योजना बनाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया