ओलीले कुर्सी बचाउन गरेको अप्राकृतिक हर्कतको कांग्रेस नेता खतिवडाद्वारा भण्डाफोर
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले मुलुकलाई सहमति, सहकार्य र मेलमिलापको नीतिका साथ अगाडि बढ्नुपर्ने आवश्यक्ता रहेको बताएका छन् ।
खतिवडाले शुक्रबार राति ट्वीट गर्दै सबै दल र नेताहरूसँग मिलेर अगाडि बढ्न अनुरोध गरेका छन् । उनले सत्ताका लागि नाजायज मागलाई पूरा गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने समेत बताएका छन् ।
कांग्रेस नेता खतिवडाले सरकारलाई जसरी बचाउनेभन्दा पनि सत्ताको खेलमा नलागेर निर्वाचनमा गई नयाँ जनादेशका साथ सरकार चलाउनुपर्ने सुझाव दिएका छन् ।
कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले अपराधीलाई जेलबाट छाडेर सत्ता बचाउने हर्कतको विरोध गरेका छन् । उनले संविधान र कानूनलाई पालना गर्न सत्ताका लोभी कम्युनिस्टहरूलाई सचेत गराएका छन् ।
‘संविधानलाई लङ्गडो बनाउने अनि चोर, डाँका, हत्यारा, लुटेरालाई जेलबाट छाड्ने सर्तमा कसैले सरकार बनाउन लाग्नु हुन्न’, खतिवडाले भनेका छन्, ‘अबको निकास सबै मिलेर जनतामा जानुपर्ने कुरानै हो । ढिला, चाँडो चुनावनै हो । तयारी त्यसैको गरौं ।’
ओलीले सरकार बचाउन बच्चासहित प्रहरीहरूको सामूहिक हत्याकाण्डमा जेल सजाय पाइरहेका रेशमलाल चौधरीलाई छाड्न तयार रहेको समाचार बाहिर आइरहेका बेला कांग्रेस नेता खतिवडाले संविधान र कानूनलाई उल्लंघन नगर्न समेत गराएका हुन् ।
जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरूद्वय महन्थ ठाकुर र राजेन्द्र महतोसहितका नेताहरू ओली सरकारमा जान खुट्टा उचालेर बसेका छन् । उपेन्द्र यादव र बाबुराम भट्टराई ओली सरकारमा जान अनिच्छुक छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया