जनताको मतले विजयी महरा मध्यराति महिलासँगै होटेलबाट पक्राउ, कम्युनिस्टको नाकै भाँचे

बैतडी । बैतडी जिल्लामा एमालेबाट निर्वाचित वडाध्यक्ष महिलासँग शंकास्पद अवस्थामा प्रहरी नियन्त्रणमा परेका छन् ।

दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरतबहादुर महरा खोचलेकको होटलबाट महिलासँग शंकास्पद रुपमा भेटिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

‘वडाध्यक्ष भरतबहादुर महरा र महिलासँग होटेलमा शंकास्पद रुपमा फेला परेपछि नियन्त्रणमा लिएका हौँ’, डीएसपी अधिकारीले भने, ‘दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा ल्याएका छौँ । पक्राउ गरेको भन्दा पनि नियन्त्रणमा लिएर सोधपुछ र अनुसन्धानपछि सबै कुरा थाहा हुनेछ ।’

वडाध्यक्ष महराको मोबाइलमा सम्पर्क गर्दा उनको मोबाइल अफ थियो । वडा नं. ७ की वडाध्यक्ष लक्ष्मी भट्टले वडाध्यक्ष महरा एमालेबाट निर्वाचित भएको जानकारी दिइन् ।

दुवै जनालाई शुक्रबार बिहान करीव ३ बजे होटलबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताएका छन् ।

वडाध्यक्ष महरा र ती महिला एउटै कोठामा रहेको भन्ने वडाध्यक्षकी श्रीमतीले प्रहरीलाई खबर गरेको प्रहरी स्रोतको भनाइ छ । वडाध्यकी श्रीमतीकै अनुरोधमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको दाबी स्रोतको छ ।

शंकास्पद रुपमा भेटिएका दुवै जनालाई सदरमुकाम ल्याइएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

‘दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं’, डीएसपी अधिकारीले भने, ‘जिल्ला ल्याइएको छ । थप बुझ्छौं । अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन ।’

पार्टीको काम भएकाले सँगै कोठामा बसेको प्रारम्भीक बयान वडाध्यक्ष महराले दिएका छन् ।

देगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले वडाध्यक्ष महरा पक्राउ परेको विषयमा आफूलाई कुनै जानकारी नरहेको दाबी गरे ।

उनले भने, ‘मलाई वडाध्यक्ष महरा पक्राउ परेको विषयमा कुनै जानकारी छैन ।’

Published : Friday, 2021 March 19, 11:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया