महिला विभागको दाबीले कांग्रेसभित्र खैलाबैला, महिलाहरू खुसी, पुरुषलाई तनाब
काठमाडौं । नेपाली कांग्रेस महिला विभागले महिलाको प्रजनन र प्रसुति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्कसम्बन्धी कानूनलाई कार्यान्वयन गर्न माग गरेको छ ।
महिला विभागको बागमतीस्तरीय भेलापछि जारी विज्ञप्तिअनुसार मातृ शिशु मृत्युदर कम गराउन बर्थिङ सेन्टरहरूलाई व्यवस्थित बनाउन माग गरिएको छ ।
‘प्रजनन र प्रसुति स्वास्थ्य सेवालाई सर्वसुलभ तथा निःशुल्क भनिएता पनि पूर्ण रुपले हालसम्म कार्यान्वयन हुन नसकेको अवस्थामा तत्काल यसको सुनिश्चिता गर्न तथा वर्थिङ सेन्टरहरूलाई व्यवस्थित गरी मातृ शिशु मृत्यदर कम गर्नका लागि विभाग जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
सहानुभूतिको ठाँउमा मात्र नभई हिस्सेदारीको पनि समय भएकाले हरेक ठाँउमा महिला विभागले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने भेलाबाट निर्णय गरिएको विभागकी सचिव लक्षमी खतिवडाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विभागले पार्टीको वडादेखि केन्द्रसम्मका सबै तहको नेतृत्वमा सभापति वा उप–सभापतिमध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने जोडदार माग गरेको छ ।
‘नेपाली कांग्रेस वडादेखि केन्द्रसम्मको सबै तहका समिति एवं संसदीय समितिमा एक तिहाई महिला पदाधिकारी अनिवार्य हुनुपर्ने यो भेलाले जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
महिला विभागद्वारा वडादेखि केन्द्रसम्म सभापति वा उप–सभापतिमा एउटा पद आरक्षणमा दाबी गरेपछि कांग्रेसभित्र खैलाबैला भएको छ ।
‘बढ्दो महिला हत्या, हिंसा, बलात्कार जस्ता जघन्य अपराधहरुमा संलग्न अपराधीहरूलाई कानूनको कठघरामा उभ्याउन नसक्नुले यस्ता अपराधीहरू राज्यबाट नै संरक्षित भएको स्पष्ट हुन आउँछ’, महिला विभागले भनेको छ ।
‘यो सन्दर्भमा दण्डहीनताको अन्त्यका लागि मौजुदा दण्ड व्यवस्थाको पुनरावलोकनका साथै मौजुदा कानूनको कठोर कार्यान्वयनका लागि यो भेला जोडदार माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
‘बालिकाहरूलाई उच्च माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको सुनिश्चिताका लागि विभाग जोडदार माग गर्दछ’, महिला विभागको विज्ञप्तिमा उल्लेख छ ।




बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया