माओवादीको उद्गमस्थल रोल्पामा कांग्रेसलाई भोट हाल्न आतुर, कम्युनिस्ट मुर्छा पर्ने कार्यक्रम

लिवाङ । नेपाली कांग्रेसका नेताहरूले कम्युनिस्ट अधिनायकवाद हाबी भएका बेला पार्टीभित्र एकता गरेर जानुपर्ने आवश्यक्ता औल्याएका छन् ।

नेपाली कांग्रेस रोल्पाले मंगलबार लिवाङमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेताहरूले कांग्रेसभित्रको एकता अनिर्वाय रहेको बताए । उनीहरूले पार्टी नेतृत्वलाई तत्कालका लागि आफ्ना विमतीहरू थाँती राखेर कांग्रेसका लागि एकताबद्ध हुन सुझाव दिएका हुन् ।

नेताहरूले सबैभन्दा ठूलो पार्टी भएकाले पार्टी रह्यो भने मात्रै कांग्रेस र नेता कार्यकर्ता रहने बताएका हुन् । उनीहरूले कांग्रेसले निकास देओस् भनेर कम्युनिस्टलाई मतदान गरेका मतादाहरू रुख चिन्हमा मतदान गर्न आतुर रहेको बताए ।

नेताहरूले कम्युनिस्टहरू असफल भएको भन्दै मुलुकलाई कांग्रेसले नेतृत्व दिएर अगाडि बढ्नुपर्ने बताए । उनीहरूले कांग्रेस कमजोर हुँदा राष्ट्र र राष्ट्रियता कमजोर भएको बताए ।

प्रशिक्षणमा धारणा राख्ने नेताहरूले कम्युनिस्टहरूका कारण मुलुकको अर्थ व्यवस्था र विकासको कामहरू लक्ष्यअनुसार अगाडि बढ्न नसकेको बताएका छन् ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुन, केन्द्रीय सदस्य बद्री पाण्डे, पूर्वसांसद रामहरि खतिवडा, पूर्वसभापति लेखनाथ आचार्य, पूर्व सांसद सुरेन्द्र हमाल, कांग्रेस नेता एवम् राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेल, कांग्रेस नेता राजु नेपाल, नेताहरू मनोजमणि आचार्य, छन्दबहादुर पहराईलगायतको उपस्थिति रहेको थियो ।

प्रशिक्षण कार्यक्रममा रोल्पा कांग्रेसका अगुवा नेता कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेता कार्यकर्ताहरूले कांग्रेसको नेतृत्व मिल्न नसक्दा फेरि पनि कम्युनिस्टहरू मुलुकमा हाबी हुने हुन् कि भनेर आशंका जनाएका थिए ।

Published : Tuesday, 2021 March 9, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया