मनोज पुन समूहका तीनजना पक्राउ
काठमाडौं । रुपन्देहीको देवदहका काठ मिल व्यवसायी वसन्त पौडेलको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
हत्या अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लानारायण पाण्डेले बताए ।
पक्राउ परेका तीन जना नै गुन्डा नाइके मनोज पुन समूहका भएको प्रहरी अनुसन्धानमा देखिएको छ । पोडेल रुपन्देही एमालेका नेताको छोरा हुन् । एमालेले दोषीलाई कारबाहीको माग गर्दै आएको छ ।
हत्याको मुख्य योजनाकार भनिएका पुन भने फरार रहेकाले प्रहरीले खोजी गरिररहेको छ । पौडेलको गत पुष ५ गते हत्या भएको थियो ।
Published : Sunday, 2018 January 21, 12:26 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

यसमा तपाइको मत