मनोज पुन समूहका तीनजना पक्राउ

काठमाडौं । रुपन्देहीको देवदहका काठ मिल व्यवसायी वसन्त पौडेलको हत्याको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

हत्या अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लानारायण पाण्डेले बताए ।

पक्राउ परेका तीन जना नै गुन्डा नाइके मनोज पुन समूहका भएको प्रहरी अनुसन्धानमा देखिएको छ । पोडेल रुपन्देही एमालेका नेताको छोरा हुन् । एमालेले दोषीलाई कारबाहीको माग गर्दै आएको छ ।

हत्याको मुख्य योजनाकार भनिएका पुन भने फरार रहेकाले प्रहरीले खोजी गरिररहेको छ । पौडेलको गत पुष ५ गते हत्या भएको थियो ।

Published : Sunday, 2018 January 21, 12:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया