नेपालको पेट्रोलियम चीनलाई सुम्पिएको खुलासा
काठमडौं । नेपालमा ठूला योजनाहरू कब्जा गर्ने नीति बनाएको चीनले पेट्रोलियम पदार्थको अन्वेषण गर्ने भएको छ ।
पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली वैशाखमा नेपाल आउने विभागका उप–महानिर्देशक सुधिर रजौरेले बताएका छन् ।
नेपाल–चीन सरकारबीच आर्थिक सहयोग गर्ने सम्झौता २०१७ अगष्टमा भएको थियो । करीब दुई साताअघि सो सम्झौता अनुरूप कार्यान्वयन सम्झौता भएको हो ।
पेट्रोलियम पदार्थको अन्वेषण नेपालको दैलेख र थान्सिङ क्षेत्रमा गरिन्छ ।
पहिलो चरणमा म्याग्नेटुटेलुडिक सर्भे गरिन्छ । यो सर्भेमा जमिनको ५ देखि २० किलोमिटर सतह मुनीको बनावटको अध्ययन गरिन्छ ।
दोस्रो चरणमा जमिन मुनी कम्पनको तरङ्ग पठाएर डिलिङ गरिनेछ ।
यस सर्भेबाट जमिन मुनी पेट्रोलियम पदार्थको भण्डारण कहाँ छ भन्ने पत्ता लगाउन सकिन्छ ।
सम्झौता पत्रमा नेपालको तर्फबाट विभागका महानिर्देशक डा. सोमराज सापकोटा र चीनको तर्फबाट चाइना जियोलोजिकल सर्भेका उपाध्यक्ष वाङ कुङले हस्ताक्षर गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत