नेपालको पेट्रोलियम चीनलाई सुम्पिएको खुलासा

काठमडौं । नेपालमा ठूला योजनाहरू कब्जा गर्ने नीति बनाएको चीनले पेट्रोलियम पदार्थको अन्वेषण गर्ने भएको छ ।

पेट्रोलियम अन्वेषणका लागि चिनियाँ टोली वैशाखमा नेपाल आउने विभागका उप–महानिर्देशक सुधिर रजौरेले बताएका छन् ।

नेपाल–चीन सरकारबीच आर्थिक सहयोग गर्ने सम्झौता २०१७ अगष्टमा भएको थियो । करीब दुई साताअघि सो सम्झौता अनुरूप कार्यान्वयन सम्झौता भएको हो ।

पेट्रोलियम पदार्थको अन्वेषण नेपालको दैलेख र थान्सिङ क्षेत्रमा गरिन्छ ।

पहिलो चरणमा म्याग्नेटुटेलुडिक सर्भे गरिन्छ । यो सर्भेमा जमिनको ५ देखि २० किलोमिटर सतह मुनीको बनावटको अध्ययन गरिन्छ ।

दोस्रो चरणमा जमिन मुनी कम्पनको तरङ्ग पठाएर डिलिङ गरिनेछ ।

यस सर्भेबाट जमिन मुनी पेट्रोलियम पदार्थको भण्डारण कहाँ छ भन्ने पत्ता लगाउन सकिन्छ ।

सम्झौता पत्रमा नेपालको तर्फबाट विभागका महानिर्देशक डा. सोमराज सापकोटा र चीनको तर्फबाट चाइना जियोलोजिकल सर्भेका उपाध्यक्ष वाङ कुङले हस्ताक्षर गरेका छन् ।

Published : Tuesday, 2019 March 19, 2:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया