बिखण्डनकारीलाई गोली ठोक्नुपर्छः दीपकराज गिरी
काठमाडौं । अभिनेता दीपकराज गिरी देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्ने सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमा सोमबार स्टाटस लेखेर गिरीले बिखण्डनकारीलाई गोली ठोक्नुपर्ने सुझाव दिएका हुन् । देश टुक्र्याउँछु भन्दै हिँड्ने सीके राउतले पछिल्लो केही दिन राजनीतिक माहोल तताइरहेका बेला अभिनेता गिरीले गोली हान्न् सुझाव दिएका हुन् ।
सीके राउतको नाम नलिएपछि गिरीको अभिव्यक्ति उनीप्रति लक्षित छ ।
‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ’, अभिनेता गिरीले भनेका छन्, ‘देश मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ ।’
अभिनेता गिरी सामाजिक सञ्जालमा सक्रिय छन् । उनले फिल्म रिलिजका बेला सामाजिक सञ्जालबाटै फिल्मको प्रचार गर्छन् ।
कम्युनिस्ट सरकारले बिखण्डनकारी सीके राउतलाई बैधानिकता दिएको भनेर देशभरि विरोध भैरहेका बेला चर्चित कलाकारको अभिव्यक्तिले माहोल तताइदिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत