बिखण्डनकारीलाई गोली ठोक्नुपर्छः दीपकराज गिरी

काठमाडौं । अभिनेता दीपकराज गिरी देश मेरो होइन भन्नेलाई गोली हान्नुपर्ने सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा सोमबार स्टाटस लेखेर गिरीले बिखण्डनकारीलाई गोली ठोक्नुपर्ने सुझाव दिएका हुन् । देश टुक्र्याउँछु भन्दै हिँड्ने सीके राउतले पछिल्लो केही दिन राजनीतिक माहोल तताइरहेका बेला अभिनेता गिरीले गोली हान्न् सुझाव दिएका हुन् ।

सीके राउतको नाम नलिएपछि गिरीको अभिव्यक्ति उनीप्रति लक्षित छ ।

‘देशले अन्याय गरेको छ भने बोलिहाल्नुपर्छ’, अभिनेता गिरीले भनेका छन्, ‘देश मेरो होइन भन्नेलाई चाहिँ गोली हान्नुपर्छ ।’

अभिनेता गिरी सामाजिक सञ्जालमा सक्रिय छन् । उनले फिल्म रिलिजका बेला सामाजिक सञ्जालबाटै फिल्मको प्रचार गर्छन् ।

कम्युनिस्ट सरकारले बिखण्डनकारी सीके राउतलाई बैधानिकता दिएको भनेर देशभरि विरोध भैरहेका बेला चर्चित कलाकारको अभिव्यक्तिले माहोल तताइदिएको छ ।

Published : Monday, 2019 March 11, 12:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया