सिरहा कांग्रेसको सभापतिमा चौधरी सर्वसम्मत निर्वाचित
लहान । नेपाली कांग्रेस सिरहा जिल्लाको सभापतिमा सन्तोषकुमार चौधरी सर्वसम्मत निर्वाचित भएका छन् ।
बिहीबार लहानमा भएको जिल्ला अधिवेशनबाट चौधरी सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । चौधरीले कार्यसमिति बनाउनेछन् । सभापतिमा चौधरीसहित केही पदाधिकारीहरूमा समेत सर्वसम्मत भएको छ ।
अधिवेशनलाई पद्मनारायण चौधरी, सीता देवकोटा, किरण पौडेलसहितका नेताहरूले सम्बोधन गरेका थिए । अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
Published : Thursday, 2026 November 26, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया