बागमती कांग्रेसको संयोजकमा युवा नेता राजु श्रेष्ठलाई मनोनयन
काठमाडौं । नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले बागमती प्रदेशको संयोजकमा राजु श्रेष्ठलाई मनोनयन गरेका छन् ।
बुधबार प्रा.डा.कोइरालाले बागमती कांग्रेसका महामन्त्री समेत रहेका युवा नेता श्रेष्ठलाई संयोजक पदमा मनोनयन गरेका हुन् । श्रेष्ठलाई नेपाली कांग्रेस बागमती प्रदेशको अधिवेशन सम्पन्न गर्न जिम्मेवारी प्रदान गरिएको छ ।
संयोजक श्रेष्ठलाई बागमती प्रदेश कार्यसमितिको अधिवेशन गर्नका लागि कार्ययोजना समेत तयार पारेर केन्द्रीय कार्यालय चुनदेवीमा पठाउन निर्देशन दिइएको छ ।
Published : Wednesday, 2026 November 25, 11:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया