तरुण अध्यक्ष लामाद्वारा कांग्रेस नेता डा.कोइरालासँग भेट

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष दिल लामाले नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालासँग भेटघाट गरेका छन् ।

नेपाली कांग्रेस १५औं केन्द्रीय महाधिवेशन तयारी समितिले लामालाई अध्यक्षमा मनोनयन गरेको थियो । बिहीबार काठमाडौंमा तरुण दलको अध्यक्षमा मनोनयन भएपछि लामाले कांग्रेस नेता डा.कोइरालासँग भेट गरेर तरुण दलको भूमिका र भावी कार्यदिशाका विषयमा छलफल गरेका हुन् ।

तरुण दलका अध्यक्ष लामाले नेता डा.कोइरालासँग आफूहरू देशभरिका तरुणहरूलाई कांग्रेसको १५औं नियमित महाधिवेशनलाई भव्य र सभ्य बनाउन भूमिका खेल्ने जनाएका छन् ।

Published : Thursday, 2026 November 26, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया