बागलुङ कांग्रेसको सभापतिमा छन्त्याल सर्वसम्मत निर्वाचित
बागलुङ । नेपाली कांग्रेस बागलुङ जिल्ला सभापतिमा सागर छन्त्याल सर्वसम्मत निर्वाचित भएका छन् ।
नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट छन्त्याल सर्वसम्मतिमा सभापतिमा चयन भएका हुन् ।
उपसभापतिद्वयमा महेन्द्र आचार्य र शैलेश घर्ती, सचिवद्वयमा सन्तोष जिसी र धर्म घर्ती, सहसचिवद्वयमा ढालेन्द्र गौतम र मिलन केसी सर्वसम्मत निर्वाचित भएका छन् ।
सभापति तथा अन्य पदाधिकारीमा आधा दर्जन नेता आकांक्षी भए पनि राति अबेरसम्म छलफल गरि सर्वसम्मति चयन गरिएको हो ।
Published : Saturday, 2026 November 21, 9:26 am

फेसबुकबाट तपाईको प्रतिक्रिया