बागलुङ कांग्रेसको अधिवेशन मंसिर ४ गते, देउवाले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत बागलुङ जिल्लाको अधिवेशनलाई सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन् ।

मंंसिर ४ गते शुक्रबार बिहान ११ बजे ब्राउन आइज पार्टी प्यालेस बागलुङमा हुने अधिवेशनको सभापति देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री समेत रहेका सभापति जीतबहादुर शेरचनले जानकारी दिएका छन् ।

जिल्ला अधिवेशनमा सहभागी हुन शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूलाई बागलुङ कांग्रेसले आग्रह गरेको छ ।

Published : Sunday, 2026 November 15, 6:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया