पार्टी र सरकारबीच कुनै मतभिन्नता छैन : महामन्त्री आचार्य
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टी र सरकारबीच कुनै मतभिन्नता नरहेको बताएका छन् ।
आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै पार्टी वा सरकारले गरेका कामकारबाहीप्रति चित्त नबुझे फरक मत राख्दै प्रश्न उठाउनु विरोध नभएको बताए ।
पार्टी वा सरकारले गलत लय लिएको अवस्थामा पार्टीका सदस्यहरूले प्रश्न उठाउनु स्वाभाविक भएको उल्लेख गर्दै उनले प्रश्न उठाउँदैमा त्यसलाई विरोधका रूपमा बुझ्न नहुने बताए ।
महामन्त्री आचार्यले रास्वपा सुशासनको मुद्दालाई मुख्य आधार बनाएर उदय भएको पार्टी भएकाले सुशासनका बहुआयामिक पक्षमा कुनै सम्झौता नगर्ने बताए ।
उनले राज्यको संरचना कुनै पनि व्यक्तिभन्दा ठूलो हुने उल्लेख गर्दै शुसासनका विषयमा पार्टी सधै सरकारको साथमा रहने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया