छठ पर्वले सामाजिक सद्भाव, एकता र समृद्धिको सन्देश दिन्छ : नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष गिरी
काठमाडौं । नेपाल सांस्कृतिक महासंघको केन्द्रीय अध्यक्ष एवं युवा नेता अर्जुन गिरी ले छठ पर्व २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै गिरीले छठलाई आस्था, श्रद्धा, विश्वास र सामाजिक सद्भावको अनुपम पर्वका रूपमा उल्लेख गरेका छन्।
प्रकृति र सूर्यदेवप्रति कृतज्ञता प्रकट गर्दै अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने यस पर्वले मानव जीवनमा आस्था, अनुशासन, त्याग, तपस्या र सकारात्मक ऊर्जाको विशेष सन्देश प्रवाह गर्ने उनले बताएका छन्।
गिरीले छठ पर्वले नेपालको मौलिक संस्कृति, धार्मिक सहिष्णुता, सामाजिक एकता र पारिवारिक सद्भावलाई थप सुदृढ बनाउँदै विविधताबीचको एकतालाई आत्मसात् गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
उनले छठी माताको कृपा र सूर्यदेवको आशीर्वादले सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायु प्राप्त होस् भन्ने कामना गर्दै देशमा शान्ति, स्थायित्व, सुशासन र समृद्धिको नयाँ बिहानी उदाउने विश्वाससमेत व्यक्त गरेका छन्।
नेपाल सांस्कृतिक महासंघको केन्द्रीय अध्यक्ष गिरी ले छठ पर्वलाई धार्मिक आस्था र सांस्कृतिक पहिचानसँगै राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी भाइचारालाई बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने सन्देश दिएका छन्।
उनले पुनः छठ पर्व २०८३ को अवसरमा सबै नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया