यादव तथाकथित विशेषवालातिर लागेपछि ढल्यो मधेश प्रदेश सरकार

जनकपुर । बहुमत जुटाउन नसकेपछि मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।

शनिबार विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत विश्वासको मत नपाउने भएपछि उनले बाध्य भएर सदनमै राजीनामा घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका यादवले तथाकथित विशेष महाधिवेशनका नाममा गगन थापालाई साथ दिएका थिए । गगन थापाले सबै प्रदेशबाट कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन बाध्य बनाएका थिए । त्यसको असर मधेश प्रदेश सरकारमा पनि परेको थियो ।

यादवले पदभन्दा ठूलो जनताको सेवा र विश्वास रहेकाले पदबाट राजीनामा घोषणा गरेको बताए । उनले विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको थियो ।

एमाले असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारबाट समर्थन फिर्ता लिएपछि ३० दिनभित्रै सदनमा विश्वासको मत परीक्षण गर्नु पर्ने बाध्यता थियो । सत्ता साझेदार एमाले पश्चात गत कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पनि सरकारको साथ छाडेको थियो । त्यसयता मुख्यमन्त्री यादव नेतृत्वको सरकार संकटमा थियो । यद्यपि उनले कानूनी सुविधा भएका कारण तत्काल राजीनामा भने दिएनन् । एक महिना पश्चात उनले विश्वासको मत नपाउने देखेपछि राजीनामा दिएका हुन् ।

Published : Saturday, 2026 November 14, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया