इलाम कांग्रेसको अधिवेशन मंसिर ३ गते, डा.महतले उद्घाटन गर्ने

काठमाडौं । नेपाली कांग्रेस ईलामले मंसिर ३ गते जिल्ला अविधेशन गर्ने निर्णय गरेको छ ।

शनिबार फिक्कल बजारमा बसेको नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत जिल्ला समितिको बैठकले मंसिर ३ गते बिहीवार जिल्ला अधिवेशन गर्ने निर्णय भएको कांग्रेस नेतृ अम्बिाका बास्कोटाले जानकारी दिइन् । अधिवेशन बिहान १०ः३० बजे फिक्कल बजारस्थित रोङ से जुङ ठी (लेप्चा भवन)मा हुनेछ ।

नेपाली कांग्रेस इलामको जिल्ला अधिवेशनलाई नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले गर्नेछन् । अधिवेशनमा सहभागी हुन शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूलाई इलाम कांग्रेसले अनुरोध गरेको छ । अधिवेशन तयारीका लागि विभिन्न उपसमितिहरू पनि गठन भएको नेतृ बास्कोटाले बताएकी छिन् ।

Published : Saturday, 2026 November 14, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया