गगनजी ओलीजीको खुट्टा ढोग्न गएको मान्छे, १८ करोडमा कांग्रेस किने : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गगन थापाको १८ करोडको विषय ट्रेलरमात्र भएको बताएका छन् ।

शनिबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत आयोजित काठमाडौं कांग्रेसको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बस्नेतले १८ करोडको विषय ट्रेलरमात्र भएको बताएका हुन् ।

नेता बस्नेतले भने, ‘१८ करोडले नेपाली कांग्रेसको रुख कब्जा गरेको छभन्ने कुरा आज ब्यापक भइसकेको छ । मैले त भनेको छु, यो १८ करोडको कुरा टे«लरमात्रै हो । स्वास्थ्य मन्त्रालयमा मात्रै खोज्ने हो भने दर्जन–दर्जन मुद्दा लाग्ने केसहरू धेरै छन् ।’

नेता बस्नेतले कांग्रेसको आधिकारिकतामा मुछिएका र मुछ्नेमध्ये कोही एकलाई कारबाही हुनुपर्ने माग गरेका छन् । ‘अरू छानबिन हुँदै जाला, छानबिन के कुरामा गर्नु प¥यो भने त्यो १८ करोडको जसले कुरा ग¥यो कि उसलाई कारबाही गर्नु प¥यो,’ उनले भने ।

‘कि तीन करोडवालाले बेञ्च बहिष्कार गरेको जसरी बसेको छ । त्यहाँ कारबाही हुनु प¥यो,’ नेता बस्नेतले भने, ‘कि चैं १८÷१८ करोड को बाट जितौरी पाएर त्यहाँ खर्च गरेको हो, उसलाई कारबाही गर्नु प¥यो । कसै न कसैलाई त कारबाही गर्नु प¥यो नि ।’

गगन थापा एमालेका अध्यक्ष केपी ओलीको खुट्टा ढोग्न गएको नेता बस्नेतले बताएका छन् । उनले भने, ‘गगनजी केपी ओलीजीका खुट्टा ढोग्न गएको मान्छे, शेरबहादुर देउवाजीलाई ढोग्न आएको भए त आशीर्वाद पाउँथ्यो नि । गएन । अब अहिले प्रचण्डले उहाँलाई बचाउने ? हेर्नुस् यहाँ जात्रा ।’

शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेसलाई कसैले डेरे आँखाले हेरे प्रतिकार उत्रिन निर्देशन दिए । उनले भने, ‘एक वर्षभित्रमा कांग्रेसले आफ्नो औकात देखाउँछ । हाम्रा नेताहरू यत्रो लामो लामो जेल बसे, देश बसे, सारा दुःख गरे, सारा गरे । हामी अलिकति थाम्न सक्दैनौँ ? हामी अलिकति धैर्य गर्न सक्दैनौँ ? हामी अलिकति भिड्न सक्दैनौँ ? जोसँग तागत छ, त्यो तागत हुने मान्छे भिडेन भने त्यो तागत के काम छ ? जोसँग बुद्धि छ, उसले बुद्धि प्रयोग गर्दैन भने के काम छ ? जोसँग साहस छ, ऊ लाग्न प¥यो । जोसँग छैन, उसलाई पनि तयार गर्नुप¥यो । त्यसकारण अहिले तयार भएको छ, स्वतःस्फूर्त भएको छ ।’

उनले गगन थापा पार्टी सिद्ध्याउन लागेको आरोप लगाए । देउवा र पूर्व परराष्ट्रमन्त्री डा.आरजु राणामाथि खुकुरी हान्दा समेत फोन बन्द गरेर बस्ने नेविसंघ र तरुण दलको सभापति जस्तो नचाहिने बताए । उनले गगन थापाले १८ करोडले नेपाली कांग्रेसको रुख कब्जा गरेको बताए ।

तथाकथित विशेष महाधिवेशनको नाममा नेपाली कांग्रेस हाइज्याक गरेर गगन थापाले आफूलाई सभापति घोषणा गरेका छन् । बिचौलिया इनम सापकोटामार्फत् सर्वोच्च अदालतमा १८ करोडको सेटिङ गरेर नेपाली कांग्रेसको आधिकारिकता गगन थापाले पाएको भनेर अडियो सार्वजनिक भएपछि गगन थापा र सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि गम्भीर प्रश्न उठेको छ ।

Published : Saturday, 2026 November 7, 8:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया