कांग्रेसद्वारा लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधानलाई मनोनयन
काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले पार्टीको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा सुवोध प्रधानलाई मनोनयन गरेका छन् ।
संयोजक प्रा.डा.कोइरालाले प्रधानलाई संघको अध्यक्षमा मनोनयन गरेका हुन् । प्रधान चितवन जिल्ला निवासी हुन् ।
प्रधानलाई आगामी छ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने निर्देशनसहित प्रधानलाई अध्यक्षको जिम्मेवारी प्रदान गरिएको प्रा.डा.कोइरालाद्वारा प्रदान गरिएको पत्रमा उल्लेख छ ।
कराते तथा किक बक्सिङ खेलसँग आबद्ध प्रधान खेलकुद क्षेत्रको विकास र संगठनात्मक गतिविधिमा समेत सक्रिय छन् । संघको महासचिव रहिसकेका प्रधान १४औं महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवासँग निकट रहेर सांगठनिक कार्य गरिसकेका छन् ।
नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत यसअघि भ्रातृ संस्थाहरू नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल दलित संघका अध्यक्ष मनोनीत भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया