रसुवा कांग्रेसको जिल्ला सभापतिमा उपेन्द्रराज लम्साल सर्वसम्मत निर्वाचित
धुन्चे । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत रसुवा जिल्लाको अधिवेशनले सभापतिमा उपेन्द्रराज लम्साललाई सर्वसम्मत निर्वाचित गरेको छ ।
बिहीबार धुन्चेमा सम्पन्न १५औँ नियमित जिल्ला अधिवेशनले लम्साललाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको निर्वाचिन समितिले जनाएको छ ।
जिल्ला अधिवेशनका क्रममा प्रदेश सभा निर्वाचन क्षेत्रहरू र पाँच वटा पालिकाका सभापति पनि सर्वसम्मत निर्वाचित भएका छन् । १ को सभापतिमा तेम्पा नुर्पु तामाङ र २ को सभापतिमा धनबहादुर गुरुङ निर्वाचित भएका छन् ।
नौकुण्ड गाउँपालिकाको सभापतिमा डिबराज न्यौपाने, कालिकामा माधव न्यौपाने, उत्तरगयामा ध्रुवप्रसाद आचार्य, आमाछोदिङ्मोमा चेरसिंग तामाङ र गोसाइँकुण्ड गाउँपालिकाको सभापतिमा प्रकाश तामाङ सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि तथा सभापति मात्र चयन गरेको छ । केन्द्रीय महाधिवेशनपछि जिल्ला, प्रदेश र पालिका समितिका पदाधिकारी तथा सदस्य थपेर कार्यसमिति पूर्ण बनाइने सभापति लम्सालले जानकारी दिए ।
अधिवेशनमा दीपक मनाङेसहितका शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहजक उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया