गगनद्वारा कांग्रेसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतबाट सेटिङमा हाइज्याक भएको छ : जीतजंग बस्नेत
जावलखेल । नेपाली कांग्रेसका नेता जीतजंग बस्नेतले नियमित महाधिवेशनलाई संघर्षको महाधिवेशन भनेर टिप्पणी गरेका छन् ।
१५औं नियमित महाधिवेशन अन्तर्गत मंगलबार नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ को अधिवेशनलाई सम्बोधन गर्दै नेता बस्नेतले भने, ‘नियमित महाधिवेशन त हो तर, हाम्रो पार्टी एक प्रकारले हाइज्याक भएको छ । हाम्रो पार्टीलाई किड्न्याप गरेको स्थिति छ ।’
‘हाम्रो पार्टीलाई किड्न्याप गर्ने गगन थापाहरू हुन् । हामीले नियमित महाधिवेशन गर्छौंभन्दा भन्दै पार्टी सभापति शेरबहादुर देउवाले दुई पटक भनिसक्नु भएको थियो अब म नेतृत्वमा आउने होइन, म छोड्ने नै हो । भन्दाभन्दै उहाँहरूले विशेष महधिवेशन गरेर विशेष महाधिवेशनमार्फत् उहाँहरूले सेटिङ मार्फत् यो पार्टी कब्जा गर्नुभयो,’ नेता बस्नेतले भने ।
उनले भने, ‘आज सेटिङको कुराहरू सबै ठाउँमा आइरहेको छ । मैले धेरै अगाडिदेखि भनेको हो यो सेटिङ हो भनेर । निर्वाचन आयोगमा पनि सेटिङ भएको हो । र, सर्वोच्च अदालतमा पनि सेटिङ भएको हो । धेरै अगाडिदेखि हामीले भनेको कुरा हो ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया