सिन्धुपाल्चोकमा मोहन बस्नेतको शक्ति प्रदर्शन, कांग्रेस जिल्ला सभापतिमा बालकृष्ण सर्वसम्मत
बाह्रबिसे । नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा बालकृष्ण बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार बाह्रबिसेमा सम्पन्न जिल्ला अधिवेशनले बाह्रबिसे नगरपालिकाका नगरप्रमुख समेत रहेका बस्नेतलाई सिन्धुपाल्चोक कांग्रेसको जिल्ला सभापतिमा निर्विरोध निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ । यसअघि बस्नेत सिन्धुपाल्चोक क्षेत्र नं. १ का क्षेत्रीय सभापति रहेका थिए ।
अधिवेशनबाट सचिवमा निराजन चौलागाईं निर्वाचित भएका छन् । आइतबार र सोमबार देशभर जिल्ला अधिवेशन आयोजना गरेको हो ।
जिल्ला अधिवेशनको कांग्रेस नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले गरेका थिए ।



Published : Monday, 2026 November 2, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया