पाल्पा कांग्रेसका दुवै क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन, देउवा पक्षको राम्रो संगठन निर्माण
तानसेन । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत पाल्पा जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि टुंगो लागेको छ ।
पाल्पा क्षेत्र नं. १ र २ बाट खुला, महिला, खस आर्य, जनजाति, दलित तथा अन्य समावेशी समूहबाट प्रतिनिधि चयन गरिएको हो ।
पाल्पा क्षेत्र नं. १ बाट खुलातर्फ कल्प पौडेल, शंकर खनाल, शुक्र भण्डारी, ऋषि भण्डारी, अर्जुन सुनार, राजु पंगनी, बुद्धि पंगनी, रामचन्द्र नेपाल, दीपक न्यौपाने, प्रमोद सेन र हुमनाथ पाण्डे चयन भएका छन् ।
महिलातर्फ संगीता देवकोटा, विष्णुदेवी घिमिरे आचार्य, समीक्षा पाण्डे र स्मारिका पाण्डे चयन भएका छन् । जनजातितर्फ राम साह र प्रजान्तल सेनानी, अल्पसंख्यकतर्फ मकबुल मिया र तेजबहादुर कमाल, समावेशी महिलातर्फ सीता प्रधान र नरमाया कमाल तथा खस आर्यतर्फ भरत देवकोटा चयन भएका छन् ।
पाल्पा क्षेत्र नं. २ बाट खुलातर्फ माधवप्रसाद नेपाल, लक्ष्मणबहादुर रावल, सचिन विष्ट, धनबहादुर रायमाझी, हरिबहादुर कार्की, शंकर न्यौपाने, खेमराज न्यौपाने, हरिबोल भट्टराई, केशव बस्याल र शिव नेपाल चयन भएका छन् ।
महिलातर्फ बसन्ती घिमिरे, मायाकुमारी शर्मा, महेश्वरी कुंवर र तुल्सा न्यौपाने चयन भएका छन् । खस आर्यतर्फ श्रीधर बस्याल र खड्क ब. रायमाझी, दलिततर्फ भक्त बहादुर भर्तवाल र गणेश पुजन तथा अपांग अल्पसंख्यकतर्फ हरिबहादुर कुमाल चयन भएका छन् ।
खस आर्य महिलातर्फ सदिक्षा खनाल, जनजातितर्फ सुरेन्द्रमान कर्मचार्य, शोभबहादुर थापा र चन्द्रबहादुर थापा तथा जनजाति महिलातर्फ सम्झना मलेगो, कमला डुम्रे र पुजा राना चयन भएका छन् ।
प्रजातन्त्र सेनानीतर्फ कमलप्रसाद पौडेल, शहीद परिवारतर्फ विकास भट्टराई, पेशागततर्फ विष्णुप्रसाद ज्ञवाली, विज्ञ तथा किसानतर्फ डिबी थापा, युवातर्फ सन्तोष पराजुली र अस्मिता पोखरेल तथा युवा महिलातर्फ सुशीला कुँवर र सजना कुँवर केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
शेरबहादुर देउवा पक्षले पाल्पाका ८१ वटै वडा, १० वटै पालिका, दुवै निर्वाचन क्षेत्र र दुई प्रदेशसभा क्षेत्रमा समेत उम्मेदवार टुंगो लगाएको जनाएको छ ।
देउवा पक्षको केन्द्रीय महाधिवेशन आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा हुँदैछ । महाधिवेशनमा पाल्पाबाट चयन भएका प्रतिनिधिले पार्टीको केन्द्रीय नेतृत्व चयन प्रक्रियामा सहभागिता जनाउनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया