कसैको टिममा नपरेर लोकप्रिय मतसहित कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित खतिवडा, लिए शपथ

काठमाडौं । पूर्वसांसद समेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार पार्टी कार्यालय, सानेपामा आयोजित कार्यक्रममा खतिवडाले सहमहामन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । खतिवडाले लोकप्रिय मतसहित सहमहामन्त्री पदमा जित हासिल गरेका थिए । खतिवडा कसैको पनि टिममा थिएनन् । महाधिवेशन प्रतिनिधिहरूको माया र प्रेमले गर्दा लोकप्रिय मत पाएका थिए ।

यसैबीच, सहमहामन्त्री खतिवडाले भनेका छन्, ‘आज मैले नेपाली कांग्रेसको सहमहामन्त्रीको पदको शपथ लिएको छु । अब पार्टी सबै अट्ने र सबै समेट्ने पार्टीको रुपमा निर्माण गर्ने हाम्रो लक्ष्य रहनेछ ।’

‘पूर्वाग्रह दुराग्रह नराखी सबैसँग मिलेर काम गर्न हामी तयार छौं,’ खतिवडाले भने, ‘सबै साथीहरूलाई धन्यवाद ।’

सहमहामन्त्री खतिवडाले भने, ‘अब नेपालको पहिलो र प्रिय पार्टी नेपाली कांग्रेसलाई बनाउन आजका मितिदेखि लागौँ ।’

Published : Thursday, 2026 October 29, 10:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया