चौधरीद्वारा कांग्रेसको सहमहामन्त्री पदको शपथ ग्रहण
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार पार्टी कार्यालय, सानेपामा चौधरीले सहमहामन्त्री पदको शपथ लिएका हुन् । चौधरी थारु क्लस्टरबाट सहमहामन्त्री पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए ।
यसअघि पनि उनी सहमहामन्त्री रहेका थिए । केन्द्रीय सदस्य, थारु विभाग लगायत पार्टीका विभिन्न तहमा काम गर्दै चौधरी सहमहामन्त्री पदमा निर्वाचित भएका हुन् ।
पूर्वसांसद समेत रहेका चौधरी दाङ जिल्ला निवासी हुन् । उनले पार्टीलाई संगठित बनाउन आगामी दिनमा थप भूमिका खेल्ने बताएका छन् ।
Published : Thursday, 2026 October 29, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया