दैलेख कांग्रेसको सभापतिमा हमाल सर्वसम्मत निर्वाचित

दैलेख । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस दैलेखको जिल्ला सभापतिमा दिनेश हमाल निर्वाचित भएका छन् ।

सुर्खेतमा बिहीबार सम्पन्न भएको जिल्ला अधिवेशनले हमाललाई सभापतिमा सर्वसम्मत निर्वाचित गरेको हो ।

हमाल पूर्वमहाधिवेशन प्रतिनिधि हुन् । अन्य पदाधिकारीको भने केही दिनमा टुङ्गो लाग्नेछ ।

नेपाली कांग्रेस दैलेखको जिल्ला अधिवेशनमा शेरबहादुर देउवा पक्षीय नेता तथा कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

यसअघि सुर्खेतको दुई वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ ।

क्षेत्रीय अधिवेशनबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा विनोदकुमार मल्ल र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ को सभापतिमा नैनबहादुर शाही सर्वसम्मत निर्वाचित भएका छन् ।

Published : Thursday, 2026 October 29, 8:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया