बिचौलिया इनम प्रकरणमा प्रधानमन्त्रीको बोल्ड कदम, आईजीपी र न्यायाधीशहरूको प्रशंसनीय भूमिका
काठमाडौं । बिचौलिया इनम सापकोटा प्रधानमन्त्री बालेन्द्र शाहको नाम बिक्री गरेर न्यायालयमा धन्धा चलाउने हर्कत गरेपछि पक्राउ परेको रहस्य बाहिरिएको छ ।
सर्वोच्च अदालतको फुट कोर्टमा सापकोटाका विषयमा गम्भीर छलफल भएको स्रोतले जनाएको छ । सापकोटाले प्रधानमन्त्री शाहको नाम लिएर न्यायाधीशहरूलाई गलत कुरा गर्न थालेपछि सर्वोच्च अदालतका न्यायाधीशहरूले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीसँग सापकोटाका विषयमा जानकारी माग गरेका थिए ।
त्यसपछि आईजीपी कार्कीले इनम सापकोटा अमेरिकी ग्रिनकार्ड होल्डर भएको भन्ने सूचना सर्वोच्चका न्यायाधीशहरूलाई दिएको उच्च स्रोतले जनाएको छ ।
बिचौलिया सापकोटाले प्रधानमन्त्री शाहकै नाम बेचेर न्यायाधीशहरूलाई फसाउन खोजेको रहस्य बाहिरिदिन थालेको छ ।
कुनै पनि कम्पनीको सञ्चालकसमेत नरहेका रोहित गुप्तालाई थुन्नु पर्यो भन्दै सापकोटाले न्यायाधीशलाई गरेको म्यासेजमा प्रधानमन्त्री स्वयंको यस विषयमा गम्भीर चासो छभन्ने म्यासेज गरेको रहस्य बाहिरिएको छ ।
एउटा कम्पनीको अध्यक्ष रहेका शेखर गोल्छा १ करोड धरौटीमा छुटेका थिए । न्यायाधीशको म्यासेज भनिएकोमा कतै पनि सञ्चालकसमेत नरहेको रोहित गुप्तालाई हामीले दुई करोड धरौटी लिएका छौँ भनिएको छ ।
दुई दिनपछि सापकोटाले सारा संसार चलाउने दीपक भट्टलाई जसरी पनि छाडिदिने प्रधानमन्त्रीको आदेश छभन्ने सन्देश पठाएपछि खैलाबैला भएको थियो ।
सापकोटाको यो म्यासेजपछि भने न्यायाधीशहरूवीच यो शंकास्पद सन्देशवारे फुल कोर्टमा छलफल भएको स्रोतले जनाएको छ । फुल कोर्टको बैठकबाटै आइजीपी कार्कीलाई सापकोटाको पृष्ठभूमिबारे सोध्ने काम भएको थियो ।
आइजीपी कार्कीले यो मान्छे अमेरिकाको ग्रीनकार्ड होल्डर रहेछ भन्ने जवाफ दिएका थिए । त्यसपछि तत्काल प्रधानसेनापति अशोकराज सिग्देलमार्फत प्रधानमन्त्री शाहलाई ‘तपाईंको नाममा यस्तो चिज पाक्दैछ, वास्तविकता के हो ?’ भनेर सोध्ने काम भएको स्रोतको भनाइ छ ।
प्रधानमन्त्री शाह अमेरिकाबाट फर्कनासाथ पूर्व प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा र सापकोटालाई समातिएर अनुसन्धान भइरहेको छ ।
बिचौलिया सापकोटाले अमेरिकामा प्रधानन्यायाधीश र रास्वपाका साँसदलाई डलर दिएकोवारे अदालतमा सापकोटाको बयानमा धेरै कुरा उल्लेख छन् । धेरै कुरा त्यहीँबाट खुल्ने नै छ ।
प्रधानमन्त्री शाहले पूर्वप्रधानन्यायाधीश जबरा र बिचौलिया सापकोटालाई पक्राउ गरेर ठूलो ऐतिहासिक कदम उठाएका छन् । आईजीपी कार्कीले नै बिचौलिया सापकोटाको शंकास्पद हर्कत र गतिविधिका विषयमा समयमै सूचना दिएका कारण ठूलो गिरोह पक्राउ परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया