नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा दिल लामा मनोनीत

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा दिल लामा मनोनीत भएका छन् ।

नेपाली कांग्रेस १५औं महाधिवेशत तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले लामालाई तरुण दलको अध्यक्षमा मनोनीत गरेका हुन् ।

लामाको मनोनयनसँगै संगठनको नेतृत्व, भावी कार्यदिशा र युवा परिचालनका विषयमा चासो बढेको छ ।

युवाहरूलाई संगठनमा आबद्ध गर्दै राष्ट्रियता, लोकतन्त्र, समाजवाद र तरुण एकताको मूल आदर्शलाई आत्मसात् गरी संगठनलाई थप सशक्त, गतिशील र प्रभावकारी बनाउनु नवनियुक्त अध्यक्ष लामाका लागि महत्वपूर्ण जिम्मेवारी हुनेछ ।

नेपाली कांग्रेसको भ्रातृ संगठनका रूपमा रहेको नेपाल तरुण दलले लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण, युवाको नेतृत्व विकास तथा सामाजिक र राजनीतिक अभियानमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।

नवनियुक्त अध्यक्ष लामाको नेतृत्वमा संगठनलाई थप एकताबद्ध बनाउँदै युवाका मुद्दालाई प्राथमिकतामा राख्ने र संगठनात्मक गतिविधिलाई देशव्यापी रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ ।

Published : Thursday, 2026 October 29, 7:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया