दशैँको बेला जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं । दशैँको बेला जुवा र तास खेल्ने समूहलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ ।

काभ्रेको पनौती नगरपालिका–५ ढलमलेस्थित मेघराज कार्कीको चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा मेघराज समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ३ सय ७५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

उता, रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिङ्गानगर सिद्धार्थ पथबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–६ बस्ने ३८ वर्षीय तिलक वली समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट ड्राइभरटोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ४ सय १० र ३ बुक तास सहित पक्राउ गरेको हो ।

Published : Sunday, 2026 October 18, 10:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया