दाङ कांग्रेसमा ०१५ सालका सांसदका छोरा न्यौपाने देउवा पक्षबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित

घोराही । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत दाङ क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनबाट दीपक न्यौपाने महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन् ।

शनिबार घोराही उपमहानगरपालिका वडा नं. १५ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट न्यौपाने महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ का क्षेत्रीय सभापति खेमराज विश्वकर्माले २०१५ सालका सांसद जुद्धबहादुर न्यौपानेको योगदानको कदरस्वरुप दीपक न्यौपानेलाई महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित गरेर ल्याइएको बताए ।

शेरबहादुर देउवा पक्षीय नेताहरूको अधिवेशनमा सहभागी भएर न्यौपाने सर्वसम्मत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । न्यौपाने यसअघि तथाकथित विशेष महाधिवेशनवालाहरूको अधिवेशनमा सहभागी भएका थिए । गगन थापा समूहको षड्यन्त्र र गुटको घेराबन्दीमा परेका न्यौपानेलाई महाधिवेशन प्रतिनिधिमा हराइदिएका थिए ।

दीपक न्यौपाने २०१५ सालमा नेपाली कांग्रेसका सांसद जुद्धबहादुर न्यौपानेका छारा हुन् । घोराही उपमहानगरपालिका हापुर निवासी न्यौपनेले गगन थापा समूहलाई परित्याग गरेर शेरबहादुर देउवा पक्षीय अधिवेशनमा सहभागी भएका छन् ।

हापुरको न्यौपाने परिवार यसअघि स्व.खुमबहादुर खड्कासँग निकट रहेको थियो । पछि क्रमशः विभिन्न समूह र गुटमा सहभागी भएको थियो ।

Published : Tuesday, 2026 October 13, 8:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया