२.० कांग्रेसको उपसभापतिमा मुख्यमन्त्री र मंसुरको बेहाल, भण्डारी, आचार्य र अर्बपति चौधरी अगाडि
काठमाडौं । तथाकथित विशेष महाधिवेशमा हाइज्याक भएको नेपाली कांग्रेसको खुलातर्फ २ उपसभापति पदमा ७ जनाले प्रतिस्पर्धा गरेका छन् ।
बदलिएको २.० कांग्रेसको उपसभापतिमा आइतबार दिउँसो ३ बजेको सार्वजनिक भएको नतिजाअनुसार १७ सय ८२ मत गणना हुँदा चन्द्रकान्त भण्डारी ८७८ र मधु आचार्यले ५५५ मतसहित अग्रता लिएका छन् ।
उपसभापतिको प्रतिस्पर्धामा रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ४९१, गोविन्द भट्टराई, ४७२ दीपक गिरी ३३०, धनराज गुरुङ ३२२ र चन्द्रमोहन यादवले १६६ मत पाएका छन् ।
समावेशी उपसभापति पदमा विनोदकुमार चौधरी ५१४ मतसहित अगाडि छन् । अर्बपति चौधरी उपसभापतिमा निर्वाचित हुने सम्भावना बढेर गएको छ ।
जीवन परियार ४४७, सीता गुरुङ २४३, फरमुल्लाह मंसुर २३३ र रंजीत कर्णले १५२ मत पाएका छन् ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया