दाङमा बस र मोटरसाइल ठोक्किएर दुर्घटना, मन्त्रालयमा कार्यरत लेखा अधिकृतको मृत्यु
मसुरिया । दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ ।
शुक्रार लमही नगरपालिका वडा नं. १ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नं. १७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
केसी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत रहेका थिए ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करीब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४१४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश ०३–००१ प ८५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकल चालक केसीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो । घाइते केसीलाई उपचारका लागि लमही अस्पताल पु¥याइएकोमा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरीले बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
गगन थापा किन आलोचनाभन्दा माथि छन् ?
दिनेश सापकोटा

फेसबुकबाट तपाईको प्रतिक्रिया